विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
अष्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले समृद्ध विराटनगर हाम्रो साझा सपना भएकाले यसका लागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य रहेको बताए ।
प्रवासमा बसेका नेपालीहरूको अनुभव, सीप र लगानी नै विराटनगरलाई नयाँ दिशामा अघि बढाउने शक्ति हो उनले भने ।
विराटनगरलाई कोशी प्रदेशको मात्र होइन, समग्र देशकै आर्थिक केन्द्रको रूपमा उभ्याउन महानगरपालिकाले विभिन्न विकास कार्यक्रम अघि सारेको मेयर कोइरालाले बताए ।
स्वास्थ्य, शिक्षा, उद्योग–व्यापार, सफाइ र पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै त्यसका लागि सहकार्य र साझेदारी आवश्यक रहेको उनले धारणा राखे ।
अष्ट्रेलियामा बसेका नेपाली उद्यमी व्यवसायी तथा रोजगारी गरिरहेका नेपालीहरूलाई महानगरमा प्रत्यक्ष लगानी तथा सहकार्यका लागि उनले आग्रह पनि गरेका छन् ।
कार्यक्रममा उपस्थित गैरआवासीय नेपालीहरूले विराटनगरलाई स्मार्ट शहर बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved