Biratnagar, Morang, Nepal
३ असोज २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक भण्डारी जापान प्रस्थान

उद्घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) मंगलबार जापान प्रस्थान गरेका छन् । 

१६ वटा देशका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन निर्देशक भण्डारी मंगलबार साँझ जापान प्रस्थान गरेका हुन् ।

द एशोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिपको आयोजनामा हुन गइरहेको औद्योगिक सम्बन्ध र मानव स्रोत तथा व्यवस्थापन सम्बन्धी १५ दिने अन्तर्राष्ट्रिय सेमिनारका लागि उनी जापान गएको महासंघले जनाएको छ ।

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एकमात्र प्रतिनिधिका रुपमा सेमिनारमा सहभागी हुने जनाइएको छ ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved