विराटनगर । कृषि विकास बैंक लिमिटेड कोशी प्रदेश कार्यालयले ग्रामथान गाउँपालिकाको झोराहाटस्थित गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रलाई एक सेट फर्निचर र कार्पेट हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तरगत करिव १ लाख रुपैयाँ बराबरको फर्निचर र कार्पेट सेवा केन्द्रका अध्यक्ष प्रयाग न्यौपानेलाई हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख रञ्जन खनालले ती सामग्रीहरु प्रदान गरेका हुन् ।
स्थानीय सामजसेवी कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र अधिकारी, ठाकुरप्रसाद ओझा, जीवन घिमिरे, पंकजमणी पौडेल लगायतको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा ग्रामथान–२ का वडा सदस्य गोपाल न्यौपानेसहित स्थानीय व्यक्तित्वहरुको उपस्थिति थियो ।
View : 102
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved