Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

हर्क साम्पाङको अभियानमा सहयोग घोषणा

उद्‌घोष सम्वाददाता
१० पुष २०८०, मङ्गलवार

काठमाडौं । धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा–पारुहाङको प्रतिमा’ निर्माणका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् । 

सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राईले आर्थिक सहयोग गर्ने घोषणा गरे ।

उनीहरुले उक्त प्रतिमा निर्माणका लागि जनही एक–एक लाख रुपैयाँ सहयोग गर्न लागेका हुन् ।

त्यस्तै, गायक राजेशपायल राईले पनि एक लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । मेयर साम्पाङको उपस्थितिमा भएको छलफलमा शान्तिराम राई, सत्यकला राई, एलिसा राई, शम्भु राईलगायत पनि सहभागी थिए । उक्त प्रतिमा निर्माणका लागि २५ करोड लागत अनुमान गरिएको छ ।

दयाहाङले किराँतीहरुको सभ्यता, मूल्य–मान्यता र दर्शनसहितको सुम्निमा–पारुहाङको प्रतिमा निर्माण हुँदा देशको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘किराती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई बाहिर लैजान सकिएको छैन । त्यसका लागि प्रतिमासँगै किराती सभ्यतालाई प्रचार गर्ने अन्य चीज पनि स्थापना गर्नुपर्छ,’ उनले मेयर साम्पाङलाई सुझाव दिए । 

View : 181

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved