Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सुनसरी प्रहरीले समात्यो एक हजार रुपैयाँ दरको झण्डै दुई कराेड नक्कली नेपाली नोट

भारतीय स्कार्पियोमा ल्याइदैथियो नोट, चालक पनि पक्राउ
उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर, २९ माघ । सुनसरी प्रहरीले झण्डै दुई करोड नक्कली नेपाली नोट बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गराइसकेको एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियो र त्यसका चालकलाई आइतबार साँझ नै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट भारतीय गाडीमा राखेर ल्याइरहेको नक्कली नेपाली रुपैयाँ बरामद गरेको जानकारी दिए । नक्कली नोटसँगै भारतको वीरपुर घर बताउने २२ वर्षीय मोहमद सैयदलाई समेत पक्राउ गरिएको बताए ।

सैयदले नै स्कार्पियो हाँकेर जाँदै गरेको अवस्थामा सवारीसाधन चेकजाँचका लागि खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियोलाई रोकेको थियो ।

स्कार्पियो समेत चेकजाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइछिपाइ राखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाडीमा अर्को व्यक्ति पनि रहेको तर प्रहरीको चेकजाँच देखेपछि फरार भएको जनाइएको छ ।

सुनसरी प्रहरीले ठुलो परिणाममा नक्कली नेपाली नोट बरामद भएपछि थप अनुसन्धान अघि बढाएको जनाइएको छ । 

यसअघि पनि सुनसरीको इटहरी बजारबाटै १५ लाख ८७ रुपैयाँ नक्कली नोटसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन–५ घर भएका विवेक राई र संखुवासभाको मकालु–६ बस्ने अजय राई रहेका थिए ।

View : 373

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved