Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

विराटनगरका अश्विनीकुमार भए विश्वका ४० भित्रका उत्कृष्ट प्याथोलोजिष्ट

उद्घोष सम्वाददाता
३ साउन २०८१, बिहिवार

प्याथोलोजिष्ट अश्विनीकुमार नेपाल र उनलाई भोटिङ गर्नका लागि दिएको क्यूआर कोड ।

विराटनगर । विराटनगर–८ का अश्विनीकुमार नेपाल विश्वभरीका ४० वर्ष मुनिका प्याथोलोजिष्ट, मेडिकल ल्याव टेक्नोलोजिष्ट तथा ल्यावमा कार्यरत अनुसन्धानकर्ताहरुको छनोटमा उत्कृष्ट ४० जनाभित्र परेका छन् । अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजिष्ट (एएससीपी) संस्थाले गरेको छनोटमा नेपाल उत्कृष्ट ४० मा पर्न सफल भएका हुन् ।

बाल्मिकी बोर्डिङ स्कुल विराटनगरबाट एसएलसी गरी काठमाडौंको बागमति बोर्डिङबाट कक्षा १२ गरी पोखरा विश्वविद्यालयबाट उनले मेडिकल ल्याव टेक्नोलोजीमा स्नातक (बीएससी–एमएलटी) गरेका हुन् । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मेडिकल बायो केमिस्ट्रीमा सन् २०१३ मा स्नातकोत्तर गरेका थिए । 

इरास्मस मुन्डस छात्रावृत्ति पाएर नेदरल्याण्ड गएका उनले भर्ज विश्वविद्यालयमा हाडजोर्नी (बोन मेटाबोलिज्म) विषयमा विद्यावारिधि अध्ययन गरेका उनी हाल अमेरिकाको ओहायोस्थित कम्प्युनेट क्लिनिकल ल्याबोरेटरीका सुपरीवेक्षक भएर कार्य गरिहेका छन् ।

अब एससीपीले छानिएका चालिस जनाबाट उत्कृष्ट ५ जनाको लागि साउन ७ गतेसम्म विश्वभरी भोटिङको व्यवस्था गरेको र सोको लागि एक दिनमा एक आईटी डिभाइसबाट एक भोट गर्न सकिने जनाइएको छ । भोटिङ सहजताका लागि क्यूआर कोड पनि रहेको छ ।

उत्कृष्ट पाँचमा परेकालाई एएससीपीले अर्को महिना एक भव्य कार्यक्रम गरी सम्मान गरिने जनाइएको छ ।

चालिस भित्र नेपालबाट एक जना मात्र पर्न सफल नेपाल विराटनगरका प्राध्यापक वर्गमा नाम कमाएका डा मेदिनी शर्मा र विराटनगर नर्सिङ क्याम्पसकी पूर्व प्रमुख मथुरादेवी नेपालका कान्छा पुत्र हुन् ।

 

View : 232

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved