विराटनगर । विराटनगरस्थित स्नेह चाइल्ड डेभलपमेन्ट युनिटले अभिभावक लक्षित एकदिने तालिम सम्पन्न गरेको छ ।
लिलिपुट विद्यालयअन्तर्गत लिली गार्डेन प्रि–स्कुल ठूलोमिल चोकमा हालै सञ्चालनमा ल्याइएको उक्त युनिटले अटिज्मलगायत विशेष आवश्यकता बोकेका बालबालिकाको क्षेत्रमा काम गर्ने लक्ष्यसहित तालिम आयोजना गरेको हो ।
तालिममा २५ भन्दा बढी अभिभावकको सहभागिता रहेको सञ्चालिका अमिना तिम्सिना बस्नेतले जानकारी दिइन् ।
उनका अनुसार यस क्षेत्रमा प्राविधिक दक्षता र सचेतना अपरिहार्य भएकाले तालिममार्फत अभिभावकलाई सशक्त बनाउन प्रयास गरिएको हो ।
यस अवसरमा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक तथा विषय विज्ञ डा. प्रिशिमा थापा (आशिषा) संस्थापकका रूपमा स्नेह चाइल्डसँग जोडिएकी छन् ।
थापाको संलग्नताले विराटनगरमा यस क्षेत्रको कमीलाई केही हदसम्म पूरा गर्ने विश्वास सञ्चालिका तिम्सिनाले व्यक्त गरेकी छन् ।
View : 337
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved