Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

घरेलु महासंघ मोरङले साधारणसभासँगै साना तथा लघु उद्यमीका उत्पादनको प्रदर्शनी गर्ने

उद्घोष सम्वाददाता
१७ फागुन २०८०, बिहिवार

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघले २५ औं साधारणसभा तथा १२ औं जिल्ला अधिवेशनका क्रममा विराटनगरमा आफ्ना उत्पादनको प्रर्दशनी गर्ने भएको छ ।

महासंघको जिल्ला समिति मोरङले बुधबार पत्रकार सम्मेलन गरेर आगामी चैत ३ गते घरेलु उत्पादनको प्रर्दशनी गर्ने जनाएको छ । जिल्लामा रहेका साना उद्यामीका लघुउद्योग, महिला तथा कृषि, वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित, बिभिन्न उद्योग प्रवर्द्धनकालागि प्रदर्शनी गर्न लागिएको महासंघले जनाएको छ ।

जिल्ला अध्यक्ष चेतनाथ निरौलाका अनुसार प्रदर्शनीमा जिल्लाभित्रका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वश्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु एकदिने प्रदर्शनीमा राखिनेछ । ६० वटा स्टलमा राखिने प्रदर्शनीमा बिक्री भनें नगरिने आयोजकले जनाएको छ ।

यस किसिमको विराटनगरमा भएको पहिलो घरेलु उत्पादनको प्रदर्शनीको उद्घाटन तत्कालिन राजारानी वीरेन्द्र र ऐश्वर्यले गरेको महासंघले जनाएको छ । स्थानीय घरेलु उत्पादनलाई विदेशी उत्पादनले असर गरेको जानकारी दिंदै उनले सीमा क्षेत्रमा सरकारले कडाइ नगरेसम्म साना उद्यमीले राहत नपाउने बताए ।

महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्यायका अनुसार साना उद्योगले स्थानीय कामदारलाई मात्रै रोजगारी दिने गर्छ । देशका ७७ जिल्लामा ९० हजार उद्यमी महासंघमा संगठित छन् ।

मोरङमा  सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ । यी उद्योगमा ३० हजार भन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

साना उद्योगलाई सरकारले सहयोग गरे पनि उत्पादन प्रवर्द्धनमा असहयोग गरेको महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष गोपाल काफ्ले बताउँछन् ।

डाबर र पतञ्जली जस्ता बहरराष्ट्रिय कम्पनीले चिउरा र अगरबत्ती नेपालमा बिक्रीगर्दा स्थानीय साना उद्यमीलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । साना उद्यामीका लागि प्रदेश सरकारमार्फत प्रविधि हस्तान्तरणमा ५ लाख रुपैंयाँसम्म सहयोग दिइने गरिन्छ ।

घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काडमाडौमार्फत प्रविधिमै २० लाखसम्म सहयोग दिइदै आएको छ । स्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत महिला उद्यमी समूहलाई प्रविधिमै २० लाखसम्म र संघबाट स्टार्टअप (नयाँ उद्यमी) कर्जा ३ प्रतिशत ब्याजमा २५ लाखसम्म सहयोग हुंदै आएको छ ।

View : 227

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved