Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानलाई निःशुल्क सीप स्तरोन्नति तालिम

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

विराटनगर । उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यले मोरङ उद्योग व्यापार संघले ईन्स्योर–हेल्भेटस नेपालको सहकार्यमा आइतबारदेखि निःशुल्क सीप स्तरोन्नति तालिम सञ्चालन गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले सो तालिम कार्यक्रमको उद्घाटन गर्र्दै उद्योग, व्यवसाय तथा सेवा क्षेत्रको समग्र विकास, दक्ष जनशक्ति उत्पादन तथा निजी क्षेत्रको संस्थागत सुदृढीकरणका लागि संघ निरन्तर क्रियाशील रहेको बताए ।

मोरङ जिल्ला सहित पूर्वी नेपालमा उद्योग–व्यवसाय क्षेत्रको प्रवर्द्धन, उद्यमशीलता विकास, नीति संवाद तथा सीपमूलक जनशक्ति विकासका क्षेत्रमा संघले अग्रणी संस्थाको रुपमा कार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले उद्योग तथा प्रविधि क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस्ता सीपमूलक तालिमहरूले उद्योग तथा प्रविधिजन्य प्रतिष्ठानहरूमा कार्यरत कामदारको क्षमता अभिवृद्धि गरी उत्पादनशीलता बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

तालिम कार्यक्रमलाई इन्स्योर÷हेल्भेटास नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकारी रत्न बुद्ध र इन्स्योर परियोजना सहजीकरण इकाई, कोशी प्रदेशकी टिभिइटी रेखा उप्रेतीले प्राविधिक संयोजन गरेका छन् । 

ज्ञान अटोमेसन एण्ड कन्ट्रोल सिस्टमका प्रबन्ध निर्देशक इन्जिनियर किरणप्रसाद मण्डल र इन्जिनियर गुल्सनकुमार मौर्याले सहजीकरण गरिरहेको २४ दिने तालिममा विभिन्न उद्योग, अस्पताल, होटल तथा अन्य संस्थाहरूमा कार्यरत प्राविधिक कामदारहरूको सहभागिता रहेको छ ।

View : 14

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved