Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेले अग्रता बनाएका ५ क्षेत्र यी हुन्

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चातको जारी मतगणनामा नेकपा एमालेले पाँचवटा क्षेत्रमा अग्रता बनाएको छ ।

अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर देखिएको छ । 

एमालेबाट तेह्रथुममा भानुभक्त ढकाल, स्याङ्जामा मीनप्रसाद गुरुङ, बाँके–२ मा मोहम्मद इश्तियाक राई, चितवन–१ मा दावा दोर्जे लामा र रुपन्देही–४ मा प्रमोद कुमार रायले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाले ४६ वटा क्षेत्रमा अग्रता कायम गरिरहेको छ भने नेपाली कांग्रेस ४ स्थानमा अगाडि रहेको जनाइएको छ । त्यस्तै नेकपाबाट २ र राप्रपा १ स्थानमा अगाडि देखिएका छन् ।

अधिकांश क्षेत्रमा शुक्रबार विहानदेखि मतगणना सुरु भएका कारण परिणामहरू प्रारम्भिक मात्रै हुन् । मतको गणना संख्या बढ्दै जाँदा अग्रताको आँकडा फेरबदल हुने यो परिणाणमले देखाएको छ ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved