Biratnagar, Morang, Nepal
२० साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

हिन्दु स्वयंसेवक संघको पाँचौं तलामा एक व्यक्ति मृत फेला

उद्‌घोष संवाददाता
१९ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगरस्थित हिन्दु स्वयंसेवक संघ नेपालको भवनको पाँचौं तलामा मंगलबार बेलुका साढे ८ बजेतिर एक व्यक्ति भुण्डिएको अवस्थामा फेला परेका छन् ।

मृत भेटिएका व्यक्तिको नाम हरिकृष्ण खत्री भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

उनी किन उक्त भवनमा पुगे भन्ने कुरा खुल्न बाँकी छ । प्रहरी स्रोतले पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

View : 314

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved