Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यू–२० साफ च्याम्पियनसिप :

नेपालविरुद्ध बंगलादेशको तीन गोलको अग्रता, दबाबमा नेपाल

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले दोस्रो हाफमा दुई गोल गर्दै अग्रता तेब्बर पारेको छ ।

पहिलो हाफको अन्त्यतिर १–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा दुई गोल थपेको हो । 

दोस्रो हाफको ५४औं र ६९ औं मिनेटमा बंगलादेशले गोल थपेको हो । बंगलादेशका १० नम्बर जर्सीका मिराजुलले टिमका लागि पहिलो गोल गरेका थिए ।

नेपाल यो प्रतियोगिता अन्तरगत तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

साविक विजेता भारतलाई सेमिफाइनलमा स्तब्ध पारेको बंगलादेश भने पहिलो पटक च्याम्पियन बन्ने योजनामा अगाडि देखिएको छ ।
 

View : 84

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved