विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) अन्तर्गत रहेको जनता क्याम्पस, कानुन क्याम्पस ( कलेज अफ ल) र जनसंख्या तथा विकास केन्द्र (सिप्याड) विराटनगरले खेलकुद सप्ताह आयोजना गरेको छ ।
सो खेलकुद सप्ताहमा छात्र तथा छात्रा दुवैको भलिबल, फुटबल, व्याडमिन्टन, टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाएका थिए । क्रिकेटमा भने छात्रको मात्र स्पर्धा भएको थियो । यसैगरी खेलकुद सप्ताहमा खुल्ला बुद्धिचालसमेत खेलाइएको थियो ।
विराटनगर–१९ स्थित रंगशालामा सञ्चालित खेलकुदको उद्घाटन पूवि जनता क्याम्पस, कानुन क्याम्पस र सीप्याडका निर्देशक एवम् क्याम्पस प्रमुख महेश निरौलाले गरेका थिए ।
प्रतियोगितामा प्राध्यापकद्वय गिरिश भट्टराई र सुजन विष्टले सहभागी विद्यार्थीलाई खेलकुदमा उत्प्रेरणा दिनका साथै भलिबल, क्रिकेट, फुटबलको निर्णायकको भूमिकासमेत निर्वाह गरी खेलकुद सप्ताहलाई सफल बनाउन महत्वपूर्ण योगदान गरेका थिए ।
करिव एक सय विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा विजयी खेलाडी तथा टोलीलाई एक समारोहको आयोजना गरी पदक तथा प्रमाणपत्र प्रदान गरिने निर्देशक निरौलाले बताए ।
View : 232
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved