विराटनगरका उपकार श्रेष्ठलाई चाबी हस्तान्तरण गर्दै कम्पनीका अटो डिभिजनल सहायक महाप्रबन्धक मञ्जीतकुमार पोखरेल ।
विराटनगर । दक्षिण कोरियाली अटो ब्रान्ड कियाको नयाँ सोरुम विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कम्पनी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज आफैले शोरुम सञ्चालनमा ल्याएको हो ।
विराटनगरमा खोलिएको सोरुम ‘किया सीआई २.०’ मापदण्डअनुसार भएको कम्पनीले जनाएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले देशभरिमा १३ वटा शोरुम सञ्चालनमा ल्याएको छ । ६ वटा शोरुम चाँडै सञ्चालनको तयारीमा रहेको कम्पनीका अटो डिभिजनल सहायक महाप्रबन्धक मञ्जीतकुमार पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, कम्पनीको विराटनगरस्थित शोरुमको नेतृत्व कुशल लामिछानेले गर्ने छन् । लामिछाने झण्डै एक दशकदेखि अटोमोवाइल क्षेत्रको अनुभव प्राप्त मेनेजर भएको अटो डिभिजनल सहायक महाप्रबन्धक पोखरेलले बताए ।
यसैबीच शोरुम सञ्चालन हुनुअघि ६ जना ग्राहकले गाडी बुक गरिसकेको कम्पनीले जनाएको छ । दुई जनालाई शुक्रबार कम्पनीका अटो डिभिजनल सहायक महाप्रबन्धक मञ्जीतकुमार पोखरेलले चाबी हस्तान्तरण गरेका छन् ।
सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले शबिार–सोमबारसम्म तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । एक्सचेन्ज क्याम्पमा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिने कम्पनीले जनाएको छ । सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागु हुने बताइएको छ ।
क्याम्पमा कियाका नयाँ सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइने कम्पनीले जनाएको छ । खरिदकर्ता ग्राहकलाई बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्थाका साथ क्याम्पमा बिक्री हुने गाडीमा सडक दस्तुर र एक वर्षको सम्पूर्ण बिमा आफैंले बेहोर्ने नीति लिएको कम्पनीले स्पष्ट पारेको छ ।
View : 1158
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved