सुनसरी । तिहारमा देउसी खेलेको रकमबाट भोज र मोज गर्ने परम्परा विकसित हुँंदै गरेको अवस्थामा सुनसरीका फोटो पत्रकारले सो रकमबाट नयांँलाई तालिम दिएका छन् ।
नेपाल फोटो पत्रकार महासंघ सुनसरीले फोटो पत्रकारितामा लाग्न चाहने नयाँंलाई देउसीबाट संकलित रकमबाट तालिम दिएको छ । धरानका १५ जना उत्साहित फोटो पत्रकारलाई भेडेटारस्थित धरान–४ मा रहेका वेशक्याम्प होटलमा बुधबार र बिहीबार दुई दिने तालिम सञ्चालन गरेर देउसीको रकमको सही सदुपयोग गरिएको महासंघले जनाएको छ ।
महासंघका सुनसरी अध्यक्ष विकास चाम्लिङले गत वर्ष र यस वर्ष गरी दुई पटक देउसीबाट संकलित रकमले ब्यवसायिक फोटो पत्रकारिता गर्नेहरुलाई आधारभूत तालिम दिइएको बताए ।
धनकुटाको साँगुरीगढी गाउँंपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार नेपालमा जत्तिको अर्को मुलुकमा फोटो पत्रकारलाई स्वतन्त्रता छैन । खोटाङकी ब्लगरलाई भारतको सिक्किम राज्यले नियन्त्रणमा लिएर फोटो पत्रकारितालाई कुण्ठित पारेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल र युट्युवलाई फोटो पत्रकारिता गरेर ब्यवसाय बनाउँंदै आएका युवाहरुका कारण सरकारले जारी गरेको आचार संहिताको पालनामा कम्जोरी देखिएको बताउंँदै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पत्रकारिताका नाममा अराजकता नियन्त्रण जरुरी रहेको बताए । हाल नेपालमा पत्रकारितासँंगै फोटोसहितको पत्रकारिता गर्नेहरुको हकहितका लागि नेपाल फोटो पक्रकार महासंघ सत्रिय छ ।
फोटो पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष वेदराज पौडेलले एक फोटोले हजार शब्द बोल्छ भन्दैमा नीति र नियम बिपरित फोटो खिचेर सार्वजनिक गर्नु अपराध भएको तर्क गरे । प्रशिक्षकका रुपमा सिकारु फोटो पत्रकारलाई उनले ब्यावसायिक रुपमा पेशामा आउंन एक फोटोका लागि हजार फोटो खिच्न तयार हुनु पर्ने बताए । उनले ब्यवसायिक फोटोका लागि प्रशिक्षार्थीलाई प्रयोगात्मक सिकाइमा अभ्यास गराए ।
‘फोटो पत्रकारिता गरेर नेपालमै बाँच्ने अवस्था छ, मोबाइलबाट खिचेको २, ४ वटा फोटोले नै ५० हजार रुपैंयाँसम्म कमाउने अवस्था छ’ फोटो पत्रकार महासंघ कोशी प्रदेशका महासचिव कमल रिमालले भने ‘विषय अनुसार फोटो खिच्न ठूला उपकरण हैन मोबाइल फोनबाटै उपयुक्त फोटो खिच्न सक्नु पर्छ ।’ नेपालमा पर्यटन क्षेत्रमा फोटो पत्रकारिताको बढी सम्भावना रहेको धरानका अग्रज पत्रकार महेश श्रेष्ठले बताए ।
पत्रकारितासंँगै फोटोमा पनि महिलाको आकर्षण बढ्न थालेको देखिएको छ । धरानमा ब्यवसायिक पक्रकारिता गर्ने महिलाको संख्या बढ्दो त्रममा छ । क्रियाशील महिला पत्रकार सुनसरीका अध्यक्ष मनिता चाम्लिङले पुरुषको तुलनामा पत्रकार महिला कम्जोर नभएको बताइन् ।
फोटो पत्रकार महासंघ सुनसरीका सल्लाहकार रोहित राई प्रमाणसहित गर्नु पर्ने पत्रकारिता भएकाले फोटो पत्रकारिता सबैभन्दा चूनौतिपूर्ण भएको बताउंँछन् ।
View : 199
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved