Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टका नौ जनाले निकाले आईओईको छात्रवृत्तिमा नाम

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्तिसहित नाम निकाल्न सफल भएका छन् । 

एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओएईको परीक्षामा सहभागिता जनाएका थिए । 

तीमध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताए ।

उनका अनुसार एक जना विद्यार्थीले पूर्ण छात्रवृत्ति र आठ जनाले आंशिक छात्रवृत्तिमा नाम निकालेका हुन् । 

जुन परीक्षा दिएका ७५ प्रतिशत विद्यार्थीले आईओईको परीक्षा पास गरेर इन्जिनियरिङ अध्ययनको लागि ढोका खोलेका छन् ।

एभरेष्टका झलकमान तामाङले पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा आर्जन पोखरेल, रियाना आचार्य, संयोग अधिकारी, श्रयमिका श्रेष्ठ, खिलराज ढकाल, मुरारी खतिवडा, ओम शर्मा र रौनक हकले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

View : 316

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved