Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

एक महिना नबित्दै थन्कियो इटहरीको नगर बस

उद्घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

सुनसरी । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ । 

१ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । 

म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो ।

इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको सो विद्युतीय बसको मर्मतको सामान मगाउन समस्या भएपछि सञ्चालनमा आउने टुंगो नभएको उपमहानगर स्रोतले जनाएको छ ।

असोज २५ गते इटहरी पश्चिमतर्फ कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १–०२– ००१ क ५३४२ नम्बरको सो बस दुर्घटनामा परेको हो । पकली चोकमा रोकी राखेको बसलाई सामान बोक्ने भ्यानले ठक्कर दिएको थियो । 

बस दुर्घटना पछि इलाका प्रहरी कार्यालय पकलीमा म्याजिक भ्यानका चालक विक्रम ठाकुरविरुद्ध बस चालक धनबहादुर नेवारले उजुरी दिएका थिए । 

प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर गाडी मर्मतको जिम्मा सवारी धनीले लिने गरी मिलापत्र गराएको छ । म्याजिक भ्यानका धनी गौतमप्रसाद चौधरीले सिसा फेर्ने जिम्मा लिए पनि तत्काल नभेटिएकाले समय लागेको जानकारी दिए ।

View : 8693

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved