Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

गोदावारी रिसोर्टको चाडपर्व लक्षित योजना सार्वजनिक

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा अवस्थित गोदावारी रिभर साइड रिसोर्टले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । 

नयाँ वर्ष २०८२ बाट सञ्चालनमा आएको सो रिसोर्ट छोटो अवधिमै पर्यटकको रोजाइमा पर्न सफल भएको छ । 

रिसोर्टका अध्यक्ष तथा सफल युवा व्यवसायी रमेश खड्काले नयाँ सञ्चालक टिमले छोटो समयमा नै यसलाई पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सफल रहेको जानकारी दिए । उनले चाडपर्वलाई लक्षित गर्दै आउने समूह र परिवारलाई विशेष प्याकेज र सुविधा उपलब्ध गराइने जानकारी दिए । 

रिसोर्टमा १० जना भन्दा बढीको समूहमा आउने सबै पर्यटकलाई प्रवेश शुल्क र बोटिङमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष खड्काले बताए । साथै परिवारका लागि विशेष खानपान, सांस्कृतिक कार्यक्रम, र स्थानीय उत्पादनमा आधारित परिकारलाई प्राथमिकता दिइनेछ । 

रिसोर्टमा सुविधा सम्पन्न आवास, रमणीय नदी किनारको मनोरम दृश्य, बोटिङ, आधुनिक सेवा सुविधा तथा मनोरञ्जनात्मक गतिविधिको अनुभव दिलाइने जनाइएको छ । गोदावरी रिभर साइड रिसोर्टमा आकर्षक घरहरू निर्माण गरिएको छ । 

यी घरहरूले बस्नका लागि मात्र नभई हेर्न र तस्बिर खिच्नका लागि पनि पर्यटकहरूलाई आकर्षित गर्ने उल्लेख गरिएको छ । पाहुनालाई नयाँ अनुभव दिलाउन बाहिरी भागमा नेपाली संस्कृति झल्काउने सुन्दर चित्रहरू कोरिएका छन् । 

शान्त वातावरण र कलात्मक सौन्दर्यले भरिपूर्ण यी रूममा बस्दा छुट्टै आनन्द अनुभव गर्न सकिन्छ भन्ने विश्वासका साथ निर्माण गरिएको सञ्चालक खड्काले जानकारी दिए ।

View : 307

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved