Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्युको विरोधमा प्रदर्शन, आईसीपी रोडमा तनाव

उद्‌घोष सम्वाददाता
१८ असोज २०८१, शुक्रवार

तनाव बढेपछि विराटनगरको आईसीपी रोडमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी । तस्वीर : साेनु दासको फेसबुकबाट

विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोड तनाव उत्पन्न भएको छ ।

ट्रकको ठक्करबाट साइकलमा रहेका एक बृद्धको गएराती मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयको समुहले ढुङ्गामुढा गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही थान अश्रुग्यास समेत प्रहार गरेको जनाइएको छ । त्यहाँ ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका झण्डै सात बजेको समयमा आईसीपी तर्फ गइरहेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकलयात्री विराटनगर–१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

उनको उपचारका लागि विराट नर्सिङहोममा चिकित्सकले केहीबेरको उपचारपछि मृत घोषणा गरेका थिए ।

उक्त ट्रकका चालक फरार भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

View : 110

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved