बिराटनगर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको ११औं वार्षिक साधारणसभा शनिवार विराटनगरमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले वर्तमान सरकारले सहकारीको नयाँ अध्यादेश ब्यापक छलफल नगरी ल्याएकोले केही बुँदाहरु सच्याउनु पर्नेमा जोड दिए ।
उनले अध्यादेशले ल्याएका केही बुँदाहरु खराब नियतले चलेका संस्थालाई भने तह लगाउँदै अगाडि बढ्ने सकिने देखिएकोले स्वागतयोग्य भएको बताए ।
कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष विजय माझी, सल्लाहकारद्वय वीरेन्द्र यादव र सीता शर्माले सहकारीका वर्तमान समस्यालाई चिर्दै राज्यको एउटा खम्बा सहकारीलाई दरिलो बनाउनु पर्ने बताएका थिए ।
साधारणसभामा संघका अध्यक्ष माधव अधिकारी र लेखा समिति संयोजक बद्री दाहालद्वारा प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गरिएको थियो ।
साधारणसभामा आगामी दिनमा सदस्यता बृद्धि गर्नुपर्ने, जिल्लामा रहेका बहुउदेश्यीय संस्थानहरुको एक्किन विवरण राख्नु पर्ने, ऋण असुली समयमै गर्नुपर्ने र विनियम पुनर्लेखन गर्नुपर्ने सुझावहरु दिएका थिए ।
साधारण सभामा ३४ लाख ३१ हजार बराबरको आय व्यय बिवरण प्रस्तुत गरिएको थियो ।
साधारणसभामा जिल्ला संघका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक चिरञ्जीवी तिमल्सिना समेतको उपस्थिति थियो ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved