Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीपीमा बाह्य चिकित्सकको सिफारिसमा पनि ल्याब र रेडियोलोजिकल जाँच गर्न पाइने

उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला तथा रेडियोलोजिकल जाँचहरू बाह्य चिकित्सकको सिफरिसका आधारमा पनि उपलब्ध गराउने भएको छ । 

प्रतिष्ठानले विरामीहरूलाई सहज, छरितो र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठानको अस्पताल सेवा अन्तरगत यस्तो सुविधा लिन सकिने व्यवस्था गरेको प्रवक्ता प्रा.डा.अञ्जु प्रधानले बताइन् । 

प्रतिष्ठानले प्रयोगशाला र रेडियोलोजिक सेवातर्फ अत्याधुनिक सुविधासहितका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिष्ठानबाहिरका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराएका बिरामीले चेकजा“च गरेको आधारमा  प्रतिष्ठानको जीओपीडीस्थित हेल्प डेस्कबाट सम्पर्क गरी सुविधा उपभोग गर्न सकिने जनाइएको छ ।

तर, यस्तो सुविधा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा नेपाल सरकारद्वारा सञ्चालित कार्यक्रमहरूमा भने लागू नहुने प्रवक्ता प्रधानले जानकारी दिइन् ।

View : 211

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved