Biratnagar, Morang, Nepal
१९ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानीको नवनिर्वाचित समितिद्वारा तलव पारिश्रमिक नलिने निर्णय

आफुले खानेपानी अध्यक्ष पदमा निर्वाचन लड्दा गरेका १७ वटा प्रतिवद्धताहरू कार्यन्वयन गर्ने अध्यक्ष भट्टराईले बताए । त्यसैको पहिलो प्रयासका रुपमा तलव पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिए ।
उद्‌घोष सम्वाददाता
१७ जेठ २०८२, शनिवार

विराटनगर । विराटनगरस्थित मानगढ खानेपानी आयोजनाको नवनिर्वाचित कार्यसमितिले शुक्रबार पदभार ग्रहण गर्दै तलव सुविधा नलिने निर्णय गरेको छ ।

सपथ तथा पदभार ग्रहणपछि खानेपानी आयोजनाको कार्यालयमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष लालमणी भट्टराईले उपभोक्ता समितिले जुनसुकै माध्यमबाट तलव पारिश्रमिक लिएको भए पनि नवनिर्वाचित समितिले अब त्यस्तो तलव तथा पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिए । 

उनले नवनिर्वाचित उपभोक्ता समितिका सवै पदाधिकारी र सदस्यहरूको सहमतिमा यस्तो निर्णय गरिएको बताए ।

आफुले खानेपानी अध्यक्ष पदमा निर्वाचन लड्दा गरेका १७ वटा प्रतिवद्धताहरू कार्यन्वयन गर्ने बताए । त्यसैको पहिलो प्रयासका रुपमा तलव पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिए ।

मानगढ खानेपानी आयोजनाका पदाधिकारीहरूले यसअघि विभिन्न नामबाट न्यूनतम् ९ हजार रुपैयाँदेखि अधिकतम् ४९ हजार रुपैयाँसम्म तलव पारिश्रमिक लिने गरेको जनाइएको छ । 

‘समितिले लिने गरेको सेवा सुविधा तलव नलिने निर्णय गरेका छौं, समितिको पहिलो बैठकबाटै यो निर्णय गरिएको हो’ अध्यक्ष भट्टराईले भने, ‘सवैले हस्ताक्षर गरेका छौं, हाम्रो प्रतिवद्धता अनुसार अब संस्थाको अवस्था अध्ययन गरेर ३ महिनाभित्र स्वेत पत्र पनि जारी गछौं, हामी विचलित नभई अघि बढ्ने छौं ।’

पदभार ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित भएका निवर्तमान् अध्यक्ष राम बहादुर घिमिरे र दुर्गा चापागाईँले खानेपानी संस्थालाई बलियो बनाउन सवै प्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासु बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित उपभोक्ता समितिलाई निर्वाचन समितिले प्रमाण पत्र वितरण गर्नुका साथै बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

View : 774

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved