Biratnagar, Morang, Nepal
२० भदौ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढीको ११औं दिनमा चिनियाँ नागरिकको जीवितै उद्दार

उद्‌घोष संवाददाता
२० भदौ २०८३, शनिवार

Advertisement

नुवाकोट । भोटेकोशी बाढी आएको ११औं दिनमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्दार गरिएको छ ।

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकको उद्दार गरिएको हो ।

नेपाली सेना र दक्षिण कोरियाबाट आएको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा केहीबेरअघि टनेलभित्रबाट उनको उद्धार गरेको हो । उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकतर्फ ल्याइँदै छ ।

भीषण बाढीका कारण आयोजनाका संरचनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि टनेलभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी थियो । निरन्तरको खोजीका क्रममा ११औं दिनमा एक जनालाई जीवितै उद्धार गर्न सफल भएको हो ।

उद्धार गरिएका व्यक्तिको अवस्था तथा उनी टनेलभित्र कसरी जीवित रहेको भन्नेबारे थप विवरण आउन बाँकी छ ।

नेपाली सेना तथा विदेशी विज्ञ टोलीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन् ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved