Biratnagar, Morang, Nepal
२१ असार २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

उद्घोष सम्वाददाता
१८ असार २०८१, मङ्गलवार

चितवन, १८ असार । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गरिन् । उनले भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । 

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको पनि मेयर दाहालले बनाइन् । 

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरेका थिए ।

View : 23

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved