Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय दर्शनमा एकदिने प्रविधि कार्यशाला

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा ब्लकचेन प्रविधिको महत्व र यस क्षेत्रमा रहेका अवसरबारे जानकारी दिने उद्देश्यले एकदिने कार्यशाला गरिएको छ ।

हिमालय दर्शन कलेजको आयोजना तथा ‘सुपरटिम नेपाल’को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । 

कार्यशालामा विराटनगरसहित इटहरी र धरानका विभिन्न कलेजमा अध्ययनरत १ सय १० भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो । 

पछिल्लो समय विश्वभर चर्चामा रहेको ब्लकचेन टेक्नोलोजीका आधारभूत पक्ष, यसको कार्यशैली र यसमा करियर कसरी बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो । 

कार्यशालामा सहभागी विद्यार्थीहरूलाई एउटा विशेष प्रोजेक्ट (परियोजना) समेत दिइएको छ । 

विद्यार्थीले उक्त प्रोजेक्ट एकदेखि दुई हप्ताभित्र बुझाउनु पर्नेछ । सहभागीमध्ये उत्कृष्ट परियोजना प्रस्तुत गर्ने विजेताले १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने कलेजले जनाएको छ । 

कार्यशालाबाट विद्यार्थीले सिलेबसमा समेत समावेश नभएको बिषयबस्तु जान्न पाउने हिमालय दर्शन कलेजका एकेडेमिक हेड कुशल निरौलाले बताए । 

कार्यक्रमका प्राविधिक सहयोगी एवं सुपरटिम नेपालका प्रमुख रौनकराज रौनियारले उपत्यकाबाहिर पनि प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको बताए । 

कार्यक्रममा ब्लकचेनमा आधारित वेब ३, डिजिटल फाइनान्स र यसमा उपलब्ध रोजगारीका अवसरबारे विद्यार्थीहरूले विज्ञहरूसँग अन्तरक्रियासमेत गरेका थिए । 

कलेजले आगामी दिनमा पनि यस्ता प्रविधिमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए ।

View : 101

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved