Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्व शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

विराटनगर । पूर्व शिक्षामन्त्री आमोदप्रसाद उपाध्याय (ढुंगेल) को ९० वर्षको उमेरमा अस्वस्थताका कारण शनिबार साँझ काठमाडौँमा निधन भएको छ ।

नेपाली कांग्रेसका दिग्गज नेता उपाध्याय राजनीतिक रूपमा सक्रिय रहेका थिए भने पार्टीको केन्द्रीय सदस्य समेत भएका थिए ।

उनले २०५१ सालमा राष्ट्रिय सभा सदस्य, पछि २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भई संसदमा प्रवेश गरेका उनले २०५६ देखि २०५८ सम्म  शिक्षा तथा खेलकुद मन्त्री को महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

भारतबाट राजनीतिशास्त्रमा स्नातक गरेका उपाध्याय ढुंगेल शिक्षा क्षेत्रको गहिरो ज्ञान र अनुभवका कारण एक प्रमुख शिक्षाविद् पनि मानिन्थे ।

दिवङ्गत ढुंगेलका दुई छोरा राजीव ढुंगेल र सञ्जीव ढुंगेल तथा एक छोरी रचना देवकोटा छन् । उनको पार्थिव शरीरको अन्तिम संस्कार उनका क्यानडामा रहेका जेठा छोरा राजीव आएपछि सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने  गरिने  ढुंगेल समाज कोशीका उपाध्यक्ष डीपी ढुंगेलले जानकारी गराए ।

View : 502

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved