Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

जागिर छाडेका हाकिम भन्छन् ‘सरकारी अड्डामा व्यापक भ्रष्टाचार छ’

उद्घोष सम्वाददाता
१४ कार्तिक २०८०, मङ्गलवार

धनकुटा १४ कात्तिक : जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका पूर्वप्रमुख गोकुलप्रसाद भण्डारीले सरकारी अड्डामा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् । सेवावाट अवकास पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका भण्डारीले पार्टी प्रवेशको विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कमिसनको विषय पनि खुलाएका हुन् ।

उनले राज्यका सबै अंगहरुमा अपराधीकरण गरी श्रोत साधन माथि हैकम जमाई चरम दुरुपयोग गर्ने, भ्रष्टाचार, कमिसन, व्यभिचारलाई प्रोत्साहन गर्ने काम भइरहेको आरोप लगाए । राज्यका अंगहरू राज्य जस्तो नभएर अपराधका लागि प्रबन्ध गर्न बनाइएको कार्य समितिको रुपमा परिणत भएको उनको ठम्याई छ ।

राजनीतिक दल र शासन सक्ता सञ्चालन गर्ने व्यत्तिहरुले संविधानको भावना र मर्म विपरित राज्यका सर्वोच्च निकायहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकादेखि सेवा प्रवाह गर्ने राज्यका सवै अंगहरुलाई दुरुपयोग गरेको भण्डारी बताउछन् ।

धनकुटामा ३० बर्ष सरकारी जागिरे जिवन विताएका भण्डारीले जिल्लामा पनि व्यापक भ्रष्टाचार हुने गरेको सुनाए । उनले यसबाट स्वास्थ्य कार्यालय धनकुटा पनि अछुतो नरहेको खुलाए ।

‘स्वास्थ्य कार्यालयमा मात्र हैन सबैतिर भ्रष्टाचार, कमिसनको खेल चल्छ,’ भण्डारीले भने, ‘म कर्मचारी भएर रहुन्जेल बोल्न सकिनँ, अहिले जागिर छोडेपछि बोल्ने आँट गरेको हुँ ।’ एक वर्ष स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका ६० वर्षीय भण्डारीले उमेर हदका कारण गत असोज १३ गते सेवाबाट अवकास पाएका हुन् । 

View : 209

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved