Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका तीन मन्त्रालयमा सचिवहरूको पदस्थापन

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतका तीन मन्त्रालयमा सचिवहरूको पदस्थापन गरिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय सरकारले कोशी प्रदेशमा पठाएका तीन सहसचिवलाई प्रदेशका मन्त्रालयहरूमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्करप्रसाद पोखरेललाई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको सचिवमा पदस्थापन गरिएको जनाइएको छ । 

मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कोशी प्रदेशसभालाई कटहरी गाउँपालिका–१ जमटोकीस्थित फलफूल तथा कृषि बजारको संरचनामा सारेर सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । साथै, त्यसका लागि मन्त्रिपरिषद्ले आवश्यक बजेटसमेत विनियोजन गरेको मन्त्री भण्डारीले बताए ।

View : 270

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved