Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुले भेटेर भने, ‘प्रहरी समायोजन गरिहाल्नुहोस्’

उद्घोष सम्वाददाता
१४ पुष २०८०, शनिवार

काठमाडौं । हेटौंडामा अन्तर प्रदेश संयुक्त बैठक सकेर काठमाडौं पुगेका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रहरी समायोजन टुंगोमा पुर्‍याइहाल्न दबाब दिएका छन् । 

उनीहरुले शनिबारभित्रै परिणाम आउने गरी निर्णय गर्न दबाब दिएपछि प्रधानमन्त्री दाहालले आजै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासन दिएको जनाइएको छ ।

मुख्यमन्त्रीहरुले हेटौंडाको बैठकबाट प्रदेशलाई अधिकार सम्पन्न बनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । 

मुख्यमन्त्रीहरूले ९ बुँदे साझा पत्र सार्वजनिक गर्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनीहरूले प्रहरी समायोजन प्रक्रिया अघि बढाउन माग गरेका थिए । 

प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको उपस्थितिमा प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताए । 

निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा समेत प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

View : 152

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved