Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट ट्रेड एक्स्पो–२०२५ स्टल भिजिट

उर्लाबारीको ‘हाम्रो उन्नत’ प्राङगारिक मल

उद्‌घोष संवाददाता
११ पुष २०८२, शुक्रवार

विराटनगर । बाली विरूवाका लागि पोषक तत्वका रूपमा उपयुक्त मलको प्रयोग हुन्छ । मलको छनोट गर्न नजान्दा किसानले कहिलेकाँही आफूले लगाएको बालीनालीमै क्षति पुग्ने गरेका छन् । 

तर प्राङगारिक मलको प्रयोग गर्न सकिए माटोको उर्वराशक्तिमा हानी नगरी बालीनाली पनि सप्रिने तथ्यलाई उर्लाबारीका एक उद्यमीले आफ्नो व्यावसायिक सफलताको बाटो बनाइसकेका छन् ।

उर्लाबारी नगरपालिका–९ बाँसबारीका राजीव खड्काले ‘हाम्रो उन्नत’ ब्राण्डमा उच्च गुणस्तरीय प्राङ्गारिक दानेदार र धुलो मल उत्पादन गर्दै आएका छन् । शिवशक्ति बायोटेक प्रालि नामक मल उद्योगमार्फत उनले विभिन्न प्रकारका प्राङ्गारिक मलको व्यवसायिक उत्पादन गर्दै आएका छन् ।

विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा दुई नम्बर डोमको स्टल नम्बर ६१ मा उनले प्राङगारिक मलको महत्वबारे जानकारी दिने र मल बिक्रीको काम समेत गर्दै आएका छन् ।

एक्स्पोका माध्यमबाट आफ्नो उत्पादनलाई किसानसँग परिचित गराउन सहयोग पुगेको उनले बताए । प्राङगारिक मलको प्रयोगले विरूवालाई चाहिने युरिया, फोस्फोरस, पोटासियम जस्ता रसायनिक तत्वको उपलब्धता बृद्धि हुने र बाली विरूवाको उचित बृद्धि विकास हुने उनले बताए ।

स्टलमा आउने किसानदेखि गृहणीसम्मलाई प्राङ्गारिक मलको महत्वबारे मल उद्योगका कर्मचारी संजय मण्डलले समेत जानकारी गराइरहेका छन् । माटोको प्राकृतिक गुणस्तर कायम गर्न प्राङगारिक मलको प्रयोग गर्नु नै सवैभन्दा उपयुक्त विधि हुने उनले बताए ।

खेतीबालीका साथै करेसाबारी, फूलबारीका लागि समेत प्राङगारिक मल उपयुक्त रहेको मण्डलले जानकारी दिए । 

‘एक्स्पोका माध्यमबाट हामीले हाम्रो उत्पादनको महत्वबारे जानकारी दिन सफल हुँदैछौं’ मण्डलले भने, ‘अझ धेरैलाई प्राङगारिक मलको महत्व बुझाउने छौं, आवश्यक हुनेलाई बिक्री पनि गर्नेर्छौैं ।’

प्राङगारिक मल बनाउन स्थानीय गाईबस्तुको गोबर, पिना, गुड (सख्खर) र अन्य कुहिले अर्गानिक वस्तुको प्रयोग हुने गरेको उनले जानकारी दिए । उद्योगले अहिले दाना र धुलो मल उत्पादन गरी बिक्री वितरण गर्दै आएको बताए ।

View : 188

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved