Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बाढीपहिरोबाट इलाममा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

उद्‌घोष संवाददाता
१९ असोज २०८२, आइतवार

इलाममा पहिरोमा परेकालाई उद्धार गर्दै प्रहरी ।

विराटनगर । इलाममा गएको बाढीपहिरोका कारण ज्यान गुमाउने संख्या २८ पुगेको छ ।

६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सूर्योदय नगरपालिका १ मा पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

त्यस्तै, इलाम नगरपालिका(६ मा ६ जनाको मृत्यु भएको छ ।

देउमाइ नगरपालिकामा दुई जना, खापखुकपुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो ।

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ ।

View : 279

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved