विराटनगर । समाजसेवाको क्षेत्रमा उल्लेखनीय पहिचान बनाइसकेको सामुदायिक विकास समाज (सीडीएस) ले बुधबार आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा नया“ सामाजिक पहलको घोषणा गरेको छ । समाजले ग्रामथान–१ लखन्तरीमा रहेको सात कट्ठा क्षेत्रफलको जग्गामा आश्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।
विराटनगर–३ स्थित समाजको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सवका अवसरमा सो जानकारी गराइएको हो । कार्यक्रममा समाजका अध्यक्ष गंगा यादवले आश्रम निर्माणको योजनाबारे जानकारी दिंदै यसले वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी सेवा दिने बताए ।
सो कार्यक्रममा कोशी प्रदेशसभाका सदस्य जयप्रकाश चौधरीले संस्थाले विगतदेखि गर्दै आएको कार्यहरूको प्रशंसा भने, समाजमा निष्कलंक र समर्पित रूपमा काम गर्ने संस्थाहरूलाई सरकारले आवश्यक सहयोग र अनुदान दिने छ । उनले आश्रमजस्ता योजनाहरूले सरकार र नागरिक समाजबीचको सहकार्य अझ मजबुत बनाउने धारणा व्यक्त गरे । सीडीएसले विगत दुई दशकभन्दा बढी समयदेखि समाजमा बहुआयामिक सेवाहरू दिंदै आएको छ ।
संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, वन संरक्षण, ज्येष्ठ नागरिक सेवा, महिला तथा बालबालिका हिंसाविरूद्धको काम, खानेपानी र सरसफाइ जस्ता महत्वपूर्ण क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आएको छ । सामाजिक रूपान्तरणका लागि सीडीएसको योगदान स्थायी प्रभाव पार्ने खालको रहेको पूर्वकर्मचारी भोजराज भट्टराई र खगेन्द्र ढकालले बताए ।
स्थानीय तहदेखि प्रदेशस्तरसम्मको ध्यान खिच्न सफल सो संस्थाको आगामी आश्रम निर्माण परियोजनाले सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने देखिएको छ । विशेष गरी बेवारिसे, अपाङ्गता भएका, अशक्त र बेघर ज्येष्ठ नागरिकहरूका लागि सुरक्षित र आत्मसम्मानपूर्वक बा“च्ने वातावरण सिर्जना गर्ने संस्थाका सचिव विपुलेन्द्र झाले बताए
View : 296
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved