Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर बजार क्षेत्रभित्र खानेपानी सुधार आयोजना सुरु, दुई वर्षभित्र शुद्ध पिउने पानी

उद्घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । अबको दुई वर्षमा विराटनगरमा एक लाख उपभोक्ता शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । 

जापान सरकारको अनुदान सहयोगमा विराटनगर बजार क्षेत्रभित्र खानेपानी सुधार आयोजनाको काम हुने भएकाले महानगरका एक लाख वासिन्दाले शुद्ध पिउने पानी पाउने भएका हुन् ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सन् २००९ बाट विराटनगरको खानेपानीको अध्ययन शुरू गरेको थियो । 

अनुदान सम्झौता १० मार्च २०२२ मा भएर सो आयोजनाको शिलान्यास शुक्रबार भएको हो । आयोजनाको शिलान्यास संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका हुन् ।

सो आयोजनाको लागत २ अर्ब ५४ करोड जापानी एन लाग्ने अनुमान गरिएकोमा २ अर्ब २९ करोड जापानी यनमा आयोजना ठेक्का लागेको छ ।

३१ मई २०२६ (२०८३ जेठ १७) मा सम्पन्न गर्ने गरी जापानकै सिमिजु कर्पोरेशनले ठेक्का लिएको छ । 

ठेक्का सम्झौता २६ अप्रिल २०२४ (१२ बैशाख २०८१) मा भएको हो ।

View : 210

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved