Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनपथ माविले मनायो ६० औं वार्षिकोत्सव

उद्घोष सम्वाददाता
२४ फागुन २०८०, बिहिवार

विराटनगर । विराटनगर–११ स्थित जनपथ माध्यमिकले  विद्यालयले ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेनका श्रेष्ठ र भारती श्रेष्ठलाई वर्षको उत्कृष्ट शिक्षकहरुको रुपमा सम्मान गरेको छ । 

बिहीबार आयोजित कार्यक्रममा कक्षागत  फरीक्षाका साथै अतिरिक्त त्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

सो अवसरमा  विभिन्न व्यक्तिद्वारा स्थापना गरिएको छात्रावृत्तिसमेत वितरण गरिएको छ । अभिभावक तीर्थेन्द्र तथा त्रिलोक न्यौपानेले स्थापना गरेको अक्षयकोषबाट पाँच हजार रुपैँयाको छात्रवृत्ति, अर्का अभिभावक कमल राउत परिवारकोतर्फबाट उपलब्ध रकमबाट सात विद्यार्थीलाई जनही तीन हजार छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरि पराजुलीले जानकारी दिए ।

यस्तै पूर्व प्रधानाध्यापक बुद्धि सुवेदीले तीनजना र एमाले युवा नेता पर्शुराम बस्नेतद्वारा स्थापित अक्षयकोषबाट थप तीन विद्यार्थीलाई जनही तीन हजार छात्रवृत्ति उपलब्ध गराइएको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका पूर्व शिक्षक तारानाथ भट्टराईले एकलाख एघार हजार १ सय ११, पूर्व प्रअ मुकुन्दप्रसाद ढकालका छोरा रिमेन ढकालले एकलाख पाँच हजार रकमको बैंक चेक अक्षयकोष स्थापनाका लागि उपलब्ध गराएका छन् ।

कार्यक्रममा सम्वोधन गर्दै जिल्ला शिक्षा तथा समन्वय एकाईं मोरङका प्रमुख टंकप्रसाद गौतमले दुई हातले मात्र ताली बजेजस्तै  विद्यालय र अभिभावक दुई हात भएको बताउँदै उनीहरुको संयुक्त पहलमा मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला सामुदायिक विद्यालयको शैक्षिक सुधारका समाजको भूमिका महत्वपूर्ण हुने बताए ।

सो अवसरमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद भट्टराई, विद्यालयकी सहायक प्राध्यापक मनमाया रिजाल, शिक्षक सोम नेपाल, अभिभावक भगवान थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीले नृत्यलगायतका मनोरञ्जनात्मक प्रस्तुती गरेका थिए ।

View : 291

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved