विराटनगर । १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा रक्तदान कार्यक्रम गरेको छ ।
विराटनगरको बरगाछीस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा ६० जनाले रक्तदान गरेको संघका अध्यक्ष महेश मिश्रले जानकारी दिए ।
कार्यक्रममा संघका जिल्ला र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
१८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विराटनगरस्थित संघको मोरङ जिल्ला कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कोशी प्रदेश समिति र मोरङ शाखासँग आवद्ध निर्माण व्यवसायीहरूले रक्तदान गरेका थिए ।
रक्तदान गर्ने रक्तदाताहरूलाई निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समिति र मोरङ शाखाका अध्यक्षसहित पदाधिकारीहरूले कदर–पत्र वितरण गरेका थिए ।
View : 115
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved