विराटनगर । पतञ्जली योग समिति नेपालको आयोजना तथा ज्येष्ठ नागरिक योग ध्यान केन्द्र विराटनगर–११ को समन्वयमा भएको सह–योगशिक्षक तालिमबाट २४ जना दीक्षित भएका छन् । सो प्रशिक्षणमा उत्कृष्ट हुने लक्ष्मी अधिकारी, यमुना कोइराला, राम खेलौन मेहतालाई पुरस्कृत गरिएको छ ।
शनिबार भएको कार्यक्रममा प्रशिक्षार्थीहरूलाई कोशी प्रदेशसभा सदस्य भीम पराजुली, पतञ्जली योग समिति कोशी प्रदेश प्रमुख मिस्टरप्रसाद चौधरी, सचिव शोभा कोइराला, मोरङ अध्यक्ष सुरेश अग्रवाल, मोरङ
महिला अध्यक्ष लक्ष्मी चौधरी, महानगर उपाध्यक्ष कुमारी तामाङ र विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा ज्येष्ठ नागरिक केन्द्रका अध्यक्ष अर्जुन भट्टराई, मोरङका वरिष्ठ कविराज बैजनाथ साह, इन्द्र खतिवडा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै विराटनगरका पूर्वमेयरसमेत रहेका पराजुलीले विराटनगरलाई अध्यात्मिक नगर बनाउने कार्यमा पतञ्जली योग समितिको कार्यले सहयोग पु¥याइरहेकोमा प्रशंसा गरेका थिए ।
View : 686
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved