Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

गृहमन्त्री गुरुङले दिए मन्त्री पदबाट राजीनामा

उद्‌घोष संवाददाता
९ वैशाख २०८३, बुधवार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई राजिनामा बुझाएका गुरुङ अहिले गृहमन्त्रालयबाट बाहिरिन लागेका छन् ।

गुरुङले राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।”

पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले उल्लेख गरेका छन् । 

गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । 

“मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।” उनले भनेका छन् ।

गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा स्पष्टीकरण दिने प्रयास गरेपनि उनको विवादित व्यवसायी दिपक भट्ट लगायतका व्यवसायीसँगको रकम लेनदेनको घटनाको फेहरिस्त नै बाहिएपछि राजिनामा दिन बाध्य भएका हुन् ।

उनले मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पति विवरणमा सम्पति, शेयर र ऋण लगायतका धेरै विषय लुकाएका थिए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved