विराटनगर । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले सात जना पत्रकारलाई नगदसहित सम्मानित गरेको छ ।
उनीहरूलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार सम्मानित गरेका हुन् ।
सम्मानित हुनेहरूमा मोरङका मोहम्मद सदरुल र मनोज दाहाल, सुनसरीकी यशोदा सेने, झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने र धनकुटाका राजेश्वर श्रेष्ठ छन् ।
कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशभरमा क्रियाशील अग्रज पत्रकारहरूलाई सम्मान गर्ने कार्यक्रम राख्दै आएको छ ।
सोही कार्यक्रमअन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकारहरूलाई सम्मानित गरिएको हो ।
View : 144
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved