Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सवी योजना

उद्‌घोष संवाददाता
९ असोज २०८२, बिहिवार

विराटनगर । नेपालका उपभोक्तालाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सवीयोजना मनैदेखि वाउ सार्वजनिक गरेको छ ।

यस विशेष स्किम अन्तर्गत गोदरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू– साइड बाई साइड रिफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर र एयरकूलर खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यास ब्याक र सहज सुविधा पाउनेछन् । 

यसका अतिरिक्त उपभोक्ताले ३१ हजार ५ सयसम्मको क्यासब्याक, फ्रि डेलिभरी तथा सजिलो  एक्सचेन्ज र ईएमआई सुविधा पनि पाउनेछन् ।

गोदरेज एप्लायन्सेसले सधैंजसो उपभोक्ताका आवश्यकता र चाडपर्वको महत्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्ने गरेको छ । 

यसपटकको मनैदेखि वाउ स्किम उपभोक्तालाई दशैं, तिहार र छठ पर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो ।

गोदरेज इन्टरप्राइजेज ग्रुप अन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय भारतकै अग्रणी होमएप्लायन्सेस ब्रान्ड हो । 

सन् १९५८ मा फ्रिज उत्पादन गर्ने पहिलो भारतीय कम्पनीका रूपमा सुरु भएको यस ब्रान्डले वाशिङ मेसिन, एयरकन्डिसनर, माइक्रोवेभ, डीपफ्रीजर, एयरकूलर लगायतका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ ।

View : 209

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved