Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीएस्सी सीएसआईटीमा मोरङ क्याम्पस उत्कृष्ट

उद्‌घोष संवाददाता
२२ मंसिर २०८०, शुक्रवार

विराटनगर : त्रिभुवन विश्वविद्यालयको स्नातक तह विज्ञान संकाय अन्तर्गत बीएस्सी सीएसआईटी आठौ सेमेस्टारको हालै प्रकाशित परीक्षाफलमा महेन्द्र मोरङ क्याम्पस विराटनगर उत्कृष्ट भएको छ ।

महेन्द्र मोरङले विसं २०७५ सालदेखि  बीएस्सी सीएसआईटी कार्यक्रम सुरुवात गरेको थियो । पहिलो व्याचको आठौ (अन्तिम) सेमेस्टारमा २९ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । पहिलो व्याचमा ३३ जना विद्यार्थी भर्ना भएका थिए ।

आठौं सेमेस्टारको सो परीक्षाफलमा विराटनगरमा बीएस्सी सीएसआईटी कार्यक्रम रहेका निहारिका कलेजबाट २०, विराट मल्टिपल कलेजबाट १८, एम्स कलेजबाट १७, विराट क्षितिज कलेजबाट १४, हिमालय दर्शन कलेजबाट १३ जना उत्तीर्ण भएका छन् ।

भदौमा प्रकाशित बीएस्सीएसआईटीको दोस्रो सेमेस्टरको परीक्षाफलमा महेन्द्र मोरङका विद्यार्थी भवेश अधिकारीले ८८ प्रतिशत अंक ल्याई कोशी प्रदेश प्रथम भएका थिए । सो भन्दा अगाडि पनि साधना काफ्लले ८७.२ प्रतिशत अंक ल्याएकी थिइन् ।

विद्यार्थीमैत्री अध्ययन र अध्यापनको कारण महेन्द्र मोरङका विद्यार्थीले उत्कृष्ट परिणाम ल्याएको बीएस्सी सीएसआईटीका निर्देशक इञ्जिनियर युयुत्सु बञ्जराले बताए ।

View : 474

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved