विराटनगर I रोटरी क्लब विराटनगरले आगलागी नियन्त्रणमा खटिने कर्मचारीका लागि आवश्यक पर्ने सुरक्षा सामग्री विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रोटरी क्लब नेपाल–भुटानका डिस्ट्रिक गभर्नर राजेन्द्रमान सेरचनले ती सुरक्षा सामग्री विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललाई हस्तान्तरण गरे ।
सो अवसरमा रोटरीका सहायक डिस्ट्रिक गभर्नर कुमारमणि पोखरेल, पूर्व डीजी सन्तोष रिजाल, विराटनगर बारुणयन्त्र प्रमुख राजन पौडेल, संयोजक बसन्त राजवंशी समेतको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै डिस्ट्रिक गभर्नर राजेन्द्रमान सेरचनले सेवालाई रोटरीले पवित्र कार्य मानेर कार्य गरिरहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले कोरोनाको समयमा पनि महानगरपालिकालाई महत्वपूर्ण सहयोग गरेको स्मरण गराउ“दै रोटरी क्लब विराटनगरले वारुणयन्त्रका लागि आवश्यक सामग्री दिएर गुण लगाएको बताए ।
क्लबका भावी अध्यक्ष टीपी आचार्यले रोटरीले समाजका लागि आवश्यक सहयोग गरिरहेको बताए ।
रोटरी क्लब विराटगरका अध्यक्ष मनोजविक्रम शाहले आगलागीमा खटिनेहरुका लागि आवश्यक सुरक्षा सामग्री अन्तर्गत बुटजुत्ता पाच जोर, १० थान हेलमेट, हेलमेट लगाउदा टाउकामा लगाइने सामग्री १० थान, १० थान पञ्जा, नौ थान आगोबाट जोगिने ज्याकेट र सुरुवाल हस्तान्तरण गरिएको बताए ।
जापानबाट मगाएर ती सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।
क्लवका सचिव दिनेश गर्तौैलाका अनुसार रोटरी क्लब विराटनगर डाउनटाउनको सहकार्यमा ती सामग्री हस्तान्तरण गरिएको हो ।
View : 550
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved