Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्रामा सर्वत–पानी बाँड्न पूर्वस्वीकृति अनिवार्य

उद्‌घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

फाइल फोटो ।

विराटनगर । आगामी भदौ ११ गते विराटनगरमा  निकालिने राधाकृष्णको रथयाक्राका त्रममा पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसाद लगायतका सामग्री वितरण गर्न  सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

रथयाक्राका त्रममा हुने फोहोर व्यवस्थापनमा सजिलो होस् भनेर  महानगरपालिकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको हो ।

जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्वन्धित संघसंस्था र व्यक्तिलाई  रथयात्राका त्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा ˆयाल्दा बजार फोहोर देखिने गरेको थियो । 

गत वर्षदेखि महानगरले रथयाक्राका त्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रुपमा गर्न सुरु गरेको छ । यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिंदैछ ।

महानगरले सार्वजनिक सूचना नै जारी गरेर जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ ।

महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।

रथयाक्राको त्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताए ।

हानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ ।

पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाइ गरेको थियो ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved