Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

त्रियुगा नदीको भत्किएको पुल मुनि पौडी खेल्दाखेल्दै युवक बेपत्ता

उद्‌घोष संवाददाता
२३ असार २०८२, सोमवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

चौदण्डी–५ स्थित बेल्ही र शिवाई बजार जोड्न निर्माण गरिएको पक्की पुल त्रियुगा नदीको बाढीले बगाएपछि पुलमूनि बनेको दहमा पौडी खेल्ने क्रममा चौदण्डी नगरपालिका–६ का करीव ३० वर्षीय सुरज राई बेपत्ता भएका हुन् ।

सोमबार पौने ७ बजेतिर घटना भएको स्थानीय भाष्कर चौधरीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर खोजी सुरु गरेको उनले बताए ।

गर्मी भएका कारण सुरजसहित प्रताप राई र सुरेश माझी समेत पौडी खेल्न गएको खुलेको छ । सुरज डुबेपछि उनीहरूले नै होहल्ला गरेर स्थानीयलाई जानकारी गराएका थिए ।

उद्घाटनको तयारीमा रहेको बेला २०७८ असारमा आएको बाढीले पुलको १२ वटा पिलर मध्ये बेल्हीपटिको एउटा पिल्लर बांगिएर दुईवटा स्लाब नदीमा खसेका थिए । त्यसयता उक्त पुल अलपत्र रहेको छ ।

गर्मी मौसममा त्यस क्षेत्रका युवाहरू भत्किएको उक्त पुल आसपास बनेको दहमा पौडी खेल्दै आएका थिए ।

View : 453

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved