Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

छेकम्पारबाट हाँस्दै हाँस्दै फर्किए प्रकाश अर्थात काले तामाङ

उद्‌घोष सम्वाददाता
१३ भदौ २०८१, बिहिवार

विराटनगर । गोरखा जिल्लाको उच्च हिमाली क्षेत्र चुमभ्यालीको छेकम्पारबाट बिहीबार प्रकाश तामाङ ससम्मान विदाई भएर फर्किएका छन् ।

उनी अहिले आफ्ना आमाबाबु रहेको भोजपुरको छाप्लेगाउँ लागि फर्किइरहेको जनाइएको छ । तर भोजपुर जानुअघि प्रकाश अर्थात काले तामाङ काठमाडौं पुगेर प्रधानमन्त्रीलाई भेट्ने गोरखाको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन् । त्यसपछि उनी छाप्लेगाउँ फर्किने जनाइएको छ ।

उनी गाउँबाट सवैसँग विदाई माग्दै फर्किएको भिडियो आशिका तामाङले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

बिहीबार करीव ५ बजेतिर सार्वजनिक भएको भिडियोमा प्रकाश अन्तिमपटक विदाई हुँदा निकै खुसी देखिएका छन् । उनी हिंड्दै फर्किंदैछन् ।

लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ को एउटा श्रृंखला 'हराएका बर्षहरु' मार्फत सार्वजनिक भएका प्रकाश करीव ११ वर्षको उमेरमै परिवारबाट विछोडिएर चुमभ्याली पुगेका थिए ।

उनी सोही श्रृंखलामार्फत करीव ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएको थियो । त्यसपछि प्रकाशलाई अहिले चुमभ्यालीबाट छाप्ले गाउँ फर्काउने अभियान नै चलेको छ ।
 

View : 319

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved