सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा स्थित ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन् ।
साकोसको तेह्रौ वार्षिक साधारणसभाबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । साथै साकोसको उपाध्यक्षमा गोपाल फुयाल तथा सचिवमा सुमन खनाल निर्वाचित भएका छन् ।
सदस्यहरूमा कमला घिमिरे, प्रमिला थापा, कुमार अधिकारी र टीका काफ्ले निर्वाचित भएका छन् । लेखा संयोजकमा टेकमणि न्यौपाने (विवेक) लेखा सदस्यमा सुजता सुवेदी र दीपक राई निर्वाचित भएका छन् ।
आचार्य सात वर्ष पछि पुनः ग्रेट नेपाल साकोसको अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य संस्थाको संस्थापक अध्यक्ष हुन् ।
हाल पथरी, केराबारी, गछिया, विराटचोकमा सेवा कार्यालय रहेको ग्रेट नेपाल साकोस २०६७ साल साउन १ गते स्थापना भएको साथै २९४७ जना सेयर सदस्य रहेको संस्थाका व्यवस्थापक कमलप्रसाद आचार्यले जानकारी दिए ।
View : 194
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved