Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी निर्वाचित

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । 

वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए । बुधबा सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष (महिला) मा जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ साह निर्वाचित भएका छन् ।

उपाध्यक्ष (खुला) मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । 

सचिव (समावेशी) मा बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएका छन् । 

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन भने बाँकी रहेको जनाइएको छ । अन्तिम मत परिणाम बुधबार साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरिसकेको छ ।

View : 98

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved