विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान सुरु भएसँगै मतदातासहित उम्मेदवारहरूले पनि धमाधम मतदान गरिरहेका छन् । मोरङसहित कोशी प्रदेशका १४ वटै जिल्लामा उम्मेदवारहरूले मतदान गरिरहेका छन् ।
मतदान उत्साहपूर्ण रुपमा अघि बढेको जनाइएको छ । मोरङको क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार विनोद ढकाल, कांग्रेसका डा.शेखर कोइराला, मोरङ–४ मा एमालेका जीवन घिमिरे, भोजपुरमा एमालेका शेरधन राई लगायतका मतदान गरिसकेका छन् ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved