Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरका मेयर  कोइराला इजरायलबाट जोर्डनको बाटो हुँदै नेपाल फर्किंदै

उद्‌घोष सम्वाददाता
३ असार २०८२, मङ्गलवार

विराटनगर । इरान-इजरायल युद्घका कारण बंकरमा बस्न बाध्य बनेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नयाँ मार्गबाट नेपाल फर्किन लागेका छन् । उनी इजरायलबाट जोर्डन हुँदै ओमान र त्यसपछि नेपाल आउने भएका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार मेयर कोइराला नेपाली समय अनुसार आज विहान इजराइलबाट जोर्डन पुगिसकेको जनाइएको छ । मंगलबार बिहान उनी इसरायलको सेफाइमबाट जोर्डनतिर गएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए ।

‘आज बिहान जोर्डन जानुभएको खबर पाएका छौं’ ढकालले भने ।

मेयर कोइराला कृषिकर्म र सहकारी अभ्यासबारे बुझ्नका लागि आयोजित भ्रमणमा जेठ २६ मा  पुगेका इजरायल पुगेका थिए । उनी त्यहाँ पुगेपछि इजरायल र इरानबीच युद्घ सुरु भएको थियो । केहिदिन उनी बंकरमा बसेका थिए ।

उनी इजरायल पुगेको नवौं दिन अर्थात मंगलबार विहान जोर्डन पुगेका हुन् ।

मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठका अनुसार उनी जोर्डनबाट उनी कुवेत जानेछन् । उनी कुवेतबाट भारतको मुम्बई हुँदै बुधबार साँझसम्म नेपाल आउने जनाइएको छ ।

View : 145

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved