विराटनगर । कटहरी गाउँपालिकामा विपद् सचेतना एवं खोज तथा उद्धार तालिम शुरु भएको छ । नेपाली सेनाको श्री भैरव गण थलहा ब्यारेक र कटहरी गाउँफालिकाको संयुक्त आयोजनामा २ दिने संयुत्त सामुदायिक विपद् प्रतिकार्य तालिम शुरु भएको हो ।
तालिममा गाउँपालिकाको वडा समितिहरुमा गठन गरिएको स्थानीय विपद् ब्यवस्थापन समितिका सदस्यहरुका साथै स्थानीय प्रहरी चौकीका प्रहरीहरु, कटहरी गाउँपालिकाका नगर प्रहरी तथा पालिकाका विभिन्न शाखाका प्रमुखहरु समेत गरेर ६० जनालाई सहभागी गराइएको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले जानकारी दिए ।
सहभागीलाई मनसुनजन्य विपद्का साथै आगजनी न्यूनीकरण, प्रतिकार्य तथा रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिइने उनले जानकारी दिए ।
श्री भैरव गण थलहा ब्यारेकका प्रमुख सेनानी, गणपति असिम श्रेष्ठले तालिमको पहिलो चरणमा मनसुनजन्य विपद्लाई प्राथमिकतामा राखेर सहभागिलाई प्रशिक्षण दिइने जानकारी दिए । उनले दोस्रो चरणमा आगलागीजन्य विपद्को बिषयमा प्रशिक्षण दिइने बताए ।
तालिमका सहभागीलाई श्री भैरव गण थलहा ब्यारेकका प्रमुख सेनानी श्रेष्ठका साथै सेनानी प्रवीण थापा र उप–सेनानी रिना विश्वकर्मालगायत नेपाली सेनाका तालिम प्राप्त बिषयविज्ञ प्रशिक्षकहरुले तालिम दिने जनाइएको छ ।
View : 99
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved