विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विभिन्न चाडपर्वहरूको अवसरमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
तिहार, छैठ, नेपाल सम्बत् ११४५ तथा आसन्न चाडपर्वहरूको अवसरमा बरगाछीस्थित परिसंघको कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन कुमार सारडाको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट, पूर्व उप्रधानमन्त्री उपेन्द्र यादव, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङ र सुनसरीका सुरक्षा निकायका प्रमुखहरू, उद्योगी व्यवसायी सम्वद्ध संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक क्षेत्र, संचारकर्मीहरू लगायतको उपस्थिति रहेको परिसंघका कार्यकारी निर्देशक विजयहरि शर्माले जानकारी दिए ।
View : 483
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved